Logo
|
Friday 29th March 2024
Logo

epaper

सौन्दर्य भ्लगर डोअन लीको प्रेरणादायी क्यान्सर कथा



२९ वर्षीया डोअन ली सौन्दर्य सम्बन्धी भिडियो भ्लग गर्ने चर्चित दक्षिण कोरियाली युट्युबर हुन् । गत फेब्रुअरी महिनामा उनलाई रक्त क्यान्सर भएको थाहा भयो ।
त्यसयता उनले क्यान्सर उपचार सम्बन्धी जानकारी र अनुभव युट्युबमार्फत लाखौँ प्रयोगकर्तालाई सुनाउदै आएकी छिन ।
उनले राख्ने भिडियोलाई धेरैले मन पराएका छन् । एउटा भिडियो ४० लाख पटक हेरिएको छ ।
सुरुमा क्यान्सरको उपचार सम्बन्धि भिडियो राख्न रहर नलागे पनि अरु क्यान्सरपीडितलाई थप सहयोग हुन्छ भनेर राख्न थालेको डोअन ली बताउछिन् । नले सुरुमा नक्कली कपाल हालेर छायाङ्कन गर्ने विचार गरिन । उनी भन्छिन् — ‘यथार्थ किन लुकाउनु र ? भन्ने लाग्यो । यो लाजको विषय पनि होइन ।’
अहिले उनले अपेक्षा गरेका भन्दा धेरै माया र साथ पाइरहेका छन् । सबैले सर्मथन गरेका छन् ।
उनी भन्छिन् — ‘बलियो भएर अभिनय गर्दा मन नियन्त्रण गर्न सहयोग भएको छ । क्यान्सर विरुद्ध बलियो भएको जस्तो गर्नुहोस् । आत्मविश्वासले काम गर्नुहोस् ।’ आत्मबल बलियो हुँदा क्यान्सरबाट मुक्त हुन सकिने उनको भनाइ छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्