प्रधानन्यायाधीश जबरालाई कोरोना सङ्क्रमण, एपीएफ अस्पताल भर्ना
जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना सङ्क्रमण भएपछि अस्पताल भर्ना गरिएको छ। जबरालाई कोरोना सङ्क्रमणका साथै नियोनियासमेत भएकाले सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पताल भर्ना गरिएको हो।