तनहुँमा १७ हजार ज्येष्ठ नागरिकले लगाए काेभिड खोप
जनस्वास्थ्य सरोकार, तनहुँ । तनहुँको भीमाद नगरपालिका–९ अस्पाक्दी निवासी ९१ वर्षीया तिलीसरा आले लौरी टेक्दै रिठाभञ्ज्याङमा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा पुगे। त्यहाँ रहेको कोरोनाको खोप केन्द्रमा उहाँलाई स्वास्थ्यकर्मीले ‘कोभिशिल्ड’ लगाइदिए।