प्रहरी प्रधान कार्यालयमा कार्यरत चार प्रहरीमा कोरोना संक्रमण पुष्टि
जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालस्थित सवारी शाखामा कार्यरत प्रहरीलाई संक्रमण देखिएको हो ।